आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रभु बैंकका सिइओ अशोक शेरचन बैंकिङ कसुर आरोपमा पक्राउ

प्रभु बैंकका सिइओ अशोक शेरचन बैंकिङ कसुर आरोपमा पक्राउ

94

काठमाडौं, १४ मङ्सिर — प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शनिबार शेरचनलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव श्रेष्ठले जानकारी दिए।

सिआइबीका अनुसार प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको रु ९८ करोडको ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको हो। सोही प्रकरणमा शेरचनमाथि बैंकिङ कसुरमा संलग्नता रहेको आशंकामा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त मुद्दा वित्तीय अनुशासन र बैंकिङ प्रक्रियासँग सम्बन्धित भएकाले सिआइबीले विस्तृत छानबिन गरिरहेको बताएको छ। शेरचनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको र कानुनी प्रक्रिया अनुसार कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ।