आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News १९ करोड ८१ लाख बढी अभौतिक मुद्राको कारोबार गर्ने ब्यक्ति पक्राउ

१९ करोड ८१ लाख बढी अभौतिक मुद्राको कारोबार गर्ने ब्यक्ति पक्राउ

114

काठमाडौँ, ११ मङ्सिर –  काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित क्षेत्रबाट अवैध रूपमा क्रिप्टोकरेंसी (Crypto Currency) कारोबार गर्दै आएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बारा जिल्ला कलैया उपमहानगरपालिका वाड न. २०, घर भई हाल काठमाडौं–१५, डल्लु बस्ने २३ वर्षीय मोहम्मद शेफललाई अवैध क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। उनको  २ थान मोबाइल फोनबाट विभिन्न कम्पनीमार्फत क्रिप्टो कारोबारको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार उनको मोबाइलबाट नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको अवैध क्रिप्टो कारोबार भएको भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध क्रिप्टो कारोबार गरेको अभियोगमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको जनाएको छ। प्रहरी प्रवक्ता प्र.उ.पवन कुमार भट्टराईका अनुसार यो कार्य देशमा प्रतिबन्धित अवैध मुद्राको प्रयोग अन्तर्गत पर्ने भएकाले कानूनी कारबाही अघि बढाइएको हो।