123
काठमाडौं, ७ कार्तिक —सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा, भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ‘ब्राउन’ उपनामले चिनिने सुशील श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरिएको घटनामा संलग्न रहेको प्रमाण सार्वजनिक भिडियो र फोटोको आधारमा दुवैलाई पहिचान गरी पक्राउ गरिएको हो।
पक्राउ परेका उनीहरूविरुद्ध आपराधिक अपराध सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक अन्य प्रमाण संकलनकार्य जारी रहेको प्रहरीले बताएको छ।