आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने

98

काठमाडौँ, ६ मङ्सिर –  नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने निर्णय गर्दै हालको राजनीतिक अवस्थाको समाधान निर्वाचनमै रहेको ठहर गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा २०८२ फागुन २१ गते तोकिएको निर्वाचनमार्फत संविधानको रक्षा, जनआन्दोलनका मागहरूको संस्थागत रूपान्तरण तथा देशलाई स्थिरतर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गरिएको छ।

कांग्रेसले निष्पक्ष र भयरहित वातावरण बिना निर्वाचन सफल नहुने भन्दै हाल देखिएका सुरक्षा चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। फरार कैदीबन्दीको ठूलो संख्या, हराइरहेका हातहतियार, राजनीतिक दलहरूलाई कार्यक्रम सञ्चालनमा देखिएको अवरोध तथा आवश्यक न्यूनतम सुरक्षा वातावरण पनि बनाउन नसकिएको अवस्थालाई पार्टीले अत्यन्त संवेदनशील विषयका रूपमा प्रस्तुत गरेको छ। कांग्रेसले सरकारलाई तत्काल शान्ति–सुरक्षा सुधार, सुरक्षाकर्मीको मनोबल वृद्धि तथा नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न जोरदार माग समेत गरेको छ।