आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ‘युथ भोलेन्टियर फोर्स’ शान्ति–सुव्यवस्थाका लागि गठन गरिएको संगठन- अध्यक्ष ओलि

‘युथ भोलेन्टियर फोर्स’ शान्ति–सुव्यवस्थाका लागि गठन गरिएको संगठन- अध्यक्ष ओलि

118

काठमाडौँ, ५ कार्तिक –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले हालै सार्वजनिक गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशभर शान्ति र सुव्यवस्था कायम गर्न गठन गरिएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो फोर्स कुनै राजनीतिक प्रतिद्वन्द्वी वा व्यक्तिविशेषविरुद्ध उभिने संगठन नभएको स्पष्ट पारे। अध्यक्ष ओलीका अनुसार फोर्सका सदस्यहरू पूर्ण रूपमा अनुशासित भएर राष्ट्रिय हितका लागि कार्य गर्नेछन्।

उनले भने, “यो स्वयंसेवक फोर्स कसैको अहितका लागि होइन, बरु सबैको जिउधनको सुरक्षाका लागि गठन गरिएको हो। असहमति राख्नेहरूका लागि पनि यसको उद्देश्य सुरक्षा र सहयोग नै हो।” ओलीले राज्य संयन्त्र मात्रले देशमा आवश्यक शान्ति–सुरक्षा सुनिश्चित गर्न नसक्ने अवस्था बनेकाले स्वयंसेवक फोर्स आवश्यक रहेको बताए। उद्योग–व्यवसाय तथा औद्योगिक प्रतिष्ठानहरू समेत सुरक्षित राख्न कठिन भइरहेको उल्लेख गर्दै उनले ‘युथ भोलेन्टियर फोर्स’ले यस्तो चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न भूमिका खेल्ने विश्वास प्रकट गरे।

ओलीले थप्दै भने यो फोर्स देशमा शान्ति, सुव्यवस्था कायम राख्न बनेको हो। यसको गठनसँग कोही पनि डराउनुपर्ने अवस्था छैन।” एमालेले सार्वजनिक गरेको यो संगठनले आगामी दिनमा पार्टीका विभिन्न कार्यक्रम तथा जनसहभागिता आवश्यक पर्ने गतिविधिमा स्वंयसेवी भूमिका निर्वाह गर्ने जनाएको छ।