आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बारामा श्रोत नखुलेको १२ लाख रुपैया सहित एक जना पक्राउ

बारामा श्रोत नखुलेको १२ लाख रुपैया सहित एक जना पक्राउ

110

बारा, ३ कार्तिक –  बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको ठूलो परिमाणको रकमसहित एक जनालाई पक्राउ गरेको छ। बिश्रामपुर गाउँपालिका–४, बलिरामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा खटिएको बोर्डर आउट पोस्ट बरैनियाका सुरक्षाकर्मीहरूले बुधबार उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको नेतृत्वमा रहेको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको डिक्कीभित्र लुकाइ राखिएको नेपाली रुपैयाँ १० लाख ८० हजार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

साथै, प्रयोग गरिएको मोटरसाइकलको मूल्य रु १ लाख ५० हजार सहित कुल रु १२ लाख ३० हजार बराबरको रकम नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्ति तथा बरामद गरिएको रकम–सहित मोटरसाइकललाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।