120
काठमाडौँ, २० कार्तिक – जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले गृहमन्त्रीलाई ‘अलोकप्रिय’ भन्दै जनताको भरोसा तोडेको आरोप लगाएका छन्।
गुरुङका अनुसार सरकार गठन भएको दुई महिना बित्दा पनि हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नभएकोले गृहमन्त्रीको पदमा रहनु राष्ट्रप्रति अपमान हो भने। उनले भ्रामक समाचारद्वारा आफ्नो चरित्र हत्या सहनु परेको उल्लेख गर्दै गृहमन्त्रीप्रति आशा समाप्त भएको बताएका छन्। साथै, जेनजीका मागहरू सम्बोधन नभए आगामी चुनाव हुन नदिने चेतावनी दिंदै उनले गृहमन्त्रीलाई पदको जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।