आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News छठ पर्वको शुभ उपलक्ष्यमा मधेश प्रदेशमा कात्तिक ११ गते सार्वजनिक बिदा

छठ पर्वको शुभ उपलक्ष्यमा मधेश प्रदेशमा कात्तिक ११ गते सार्वजनिक बिदा

125

जनकपुरधाम, कात्तिक ७ — हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ पर्वको शुभ उपलक्ष्यमा मधेश प्रदेश सरकारले कात्तिक ११ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, जनकपुरधामद्वारा शुक्रबार जारी सूचना अनुसार प्रदेश राजपत्रमा प्रकाशित बिदा सम्बन्धी सूचना अनुसार यो दिन मधेश प्रदेशमा सार्वजनिक बिदा रहनेछ। मन्त्रालयका अनुसार यसअघि प्रदेश राजपत्रमा प्रकाशित बिदा सम्बन्धी सूचनाको आधारमा कात्तिक ११ गतेका लागि बिदा दिन निर्णय गरिएको हो।

यस सम्बन्धमा सबै कार्यालय, निकाय तथा सरोकारवालालाई जानकारीका लागि सूचना जारी गरिएको मन्त्रालयका उपसचिव गणेश नायकले जानकारी दिएका छन्।