आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुदन गुरुङको आक्रोश: गोली हान्नेबारे कुरा गरौं, जलेको सिंहदरबार होइन

सुदन गुरुङको आक्रोश: गोली हान्नेबारे कुरा गरौं, जलेको सिंहदरबार होइन

138

काठमाडौँ, ६ कार्तिक –  हामी नेपालका संयोजक सुदन गुरुङले आन्दोलनको प्राथमिकता सिंहदरबार होइन, गोली हान्ने र आदेश दिनेहरूलाई कारबाहीमा ल्याउने हुनुपर्ने बताएका छन्।

माइतीघर मण्डलमा आयोजित जेन–जी सहिदको सम्झना कार्यक्रममा उनले भौतिक संरचना भन्दा मानव जीवनको मूल्य ठूलो हुने उल्लेख गर्दै भने,
“सिंहदरबार त हजार वटा बनाउन सकिन्छ, तर आमाको कोख रित्याएर गएको छोरा फर्किँदैन।”

गुरुङले नेताहरूले ‘फुटाऊ र राज गर’ रणनीति अपनाएर आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाए।
उनका अनुसार जेन–जी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि सरकार र प्रशासनलाई जनतासँग उत्तरदायी र डराउने अवस्थामा ल्याउनु हो।

“यो नेपालकै इतिहासमा पहिलो पटक हो जब सरकार जनतासँग डराएको छ,” उनले भने, “अब यो उपलब्धि जोगाउन हामी सबै एक हुनुपर्छ।”