94
सर्लाही, ६ कार्तिक —
सर्लाही जिल्लाको फूलपरासीबाट करिब ५ किलो ३ सय ग्राम लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिवन नगरपालिका–१२ सुन्दरपुरका ३० वर्षीय लोजा बैठा सहित अर्को एक जना रहेका छन्।
उनीहरू बीआर ०७ एजी ८१०२ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो। मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको गाँजा बरामद गरेपछि प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।