133
इनरुवा, कात्तिक ४ गते ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–७ का एक युवा भारतको सीमाक्षेत्र फुलकाहा बजार नजिकै हतियार र लागु औषधसहित भारतीय सुरक्षाकर्मीको पक्राउमा परेका छन्।
देवानगञ्ज–७ राजगञ्ज सिनुवारीका २५ वर्षीय गणेश मेहतालाई भारतको सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले संयुक्त रूपमा पक्राउ गरेको भारतीय पक्षले जनाएको छ।
एसएसबीले मेहताको साथबाट एक थान पेस्तोल र १३.५५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। उक्त कार्यवाही भारतीय एसएसबी कैंपका प्रभारी सहायक सेना नायक राणा कुमारको निर्देशनमा, अपर थाना प्रभारी गुलशन कुमारको नेतृत्वमा गरिएको हो।
एसएसबीका सहायक सेना नायक कुमारका अनुसार पक्राउ परेका मेहताविरुद्ध अवैध हतियार र लागुऔषध कारोबारसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।