आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आफू पदको लोभी नरहेको प्रचण्डको भनाई, नेतृत्व हस्तान्तरण गर्न तयार

आफू पदको लोभी नरहेको प्रचण्डको भनाई, नेतृत्व हस्तान्तरण गर्न तयार

113

काठमाडौँ, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई बाहिर प्रचार गरिएजस्तो पदलोलुप व्यक्ति नभएको स्पष्ट पारेका छन्।

राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल भइरहेकाले आफू पदमा टाँसिने व्यक्ति नरहेको बताए।

“आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई सुदृढ बनाउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिएको छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्नेमा आफू स्पष्ट रहेको प्रचण्डको भनाइ छ। उनले भने, “नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा म छु। जबरजस्ती पदमा टाँसिने मान्छे म होइन।”