113
रौतहटको गौर ८ भाद्र –रौतहटको सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे सुटकेशभित्र एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा भेटिएको शव करिब २५–३० वर्ष उमेरकी महिलाको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले प्रारम्भिक रूपमा महिलाको हत्या गरी शवलाई सुटकेशमा हालेर उक्त स्थानमा फ्यालिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासी त्रसित छन् भने प्रहरीले सुरक्षा कडा पार्दै आसपास क्षेत्रका CCTV फुटेज संकलन गरिरहेको छ।