आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सखुवा प्रसौनी गाउँपालिका–२ मा रासायनिक मल वितरण सुरु, किसानमा खुसीयाली

सखुवा प्रसौनी गाउँपालिका–२ मा रासायनिक मल वितरण सुरु, किसानमा खुसीयाली

96

वीरगंज ७ पर्सा — लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूले अन्ततः राहत पाएका छन्। गाउँपालिका अध्यक्ष जसवन्त यादवको सक्रिय पहल र विवाद समाधानपछि आजदेखि ३०५ बोरा डीएपी र २४३ बोरा युरिया मल वितरण सुरु भएको हो।

मल वितरण सुरु भएपछि स्थानीय किसानहरूमा खुसीयाली छाएको छ। लामो समयदेखि मल नपाउँदा खेतीपाती प्रभावित हुने चिन्ता बढेको अवस्थामा वितरणले आगामी कृषि कार्य सहज हुने अपेक्षा गरिएको छ।

यसअघि, गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतोको गलत सिफारिसका कारण मल वितरणमा अवरोध उत्पन्न भएको थियो।

विवाद बढ्दै गएपछि अध्यक्ष यादवले तत्काल हस्तक्षेप गर्दै समस्याको समाधान गरेका हुन्। आज मल प्राप्त गरेका स्थानीय किसान दुखी चौधरीले भने, “विवाद समाधान भएर आज मल वितरण सुरु हुँदा हामी निकै खुसी छौँ। अब खेतीमा सहजता आउनेछ।” अन्य किसानहरूले पनि राहत महसुस गरेको बताएका छन्।

अध्यक्ष यादवले वितरण प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न विशेष ध्यान दिइएको बताए।