आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित

भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित

86

काठमाडौं, ५ भदौ — प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार बसेको बैठकबाट भूमि सम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ। समितिको लामो छलफलपछि प्रस्तुत गरिएको विधेयक बहुमतले अनुमोदन गरे पनि नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरक मत लेख्ने निर्णय गरेका छन्।

बैठकमा उपस्थित सांसदहरूले विधेयकका प्रावधानबारे विस्तृत बहस गरेका थिए। समर्थक पक्षले भूमि व्यवस्थापन, सहकारी, तथा प्राकृतिक स्रोतको दिगो उपयोगका लागि यो विधेयक आवश्यक रहेको तर्क गरेका छन्। तर, माओवादी केन्द्र र रास्वपाका सांसदहरूले केही प्रावधानहरू विवादास्पद भएको र सर्वसाधारणको हितविपरीत हुने आशंका व्यक्त गर्दै फरक मत राख्ने बताएका छन्।

समितिले पारित गरेको विधेयक अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश हुनेछ। त्यसपछि पारित भएमा कार्यान्वयन प्रक्रियामा जानेछ।