आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रौतहटको गौरमा दिनदहाडै युवकको चक्कु प्रहार गरी हत्या

रौतहटको गौरमा दिनदहाडै युवकको चक्कु प्रहार गरी हत्या

96

४ भदौ, रौतहट — रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा ताल नजिक बुधबार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार करिब १९/२० वर्षका देखिने उक्त युवकको पेट र छातीमा गहिरो चक्कु प्रहार भएको थियो।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

घटनापछि प्रहरीले संलग्न रहेको आरोपमा गौर नगरपालिका-३ का १९ वर्षीय सनोज रामलाई पक्राउ गरेको छ। राम नन्दु महराका छोरा भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले उनलाई हत्या गरेर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले जानकारी दिए।

हाल पक्राउ परेका रामलाई नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हत्या हुने कारण भने खुल्न बाँकी छ।