आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News उपेन्द्र यादवको प्रश्न : दासढुंगा र दरबार हत्याकाण्ड कसले गरायो ?

उपेन्द्र यादवको प्रश्न : दासढुंगा र दरबार हत्याकाण्ड कसले गरायो ?

129

४ भदौ, वीरगंज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका केही ठूला ऐतिहासिक घटनाहरू अझै पनि रहस्यमय बनेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विशेषगरी दरबार हत्याकाण्ड र दासढुंगा दुर्घटनाबारे सत्यता अझै उजागर हुन नसकेको उल्लेख गर्दै, “देशको राष्ट्रप्रमुखसहितका व्यक्तिहरू त्यत्रो सुरक्षा व्यवस्थाबीच मारिए, तर आजसम्म पनि कसले गरायो भन्ने स्पष्ट छैन” भने। उनले दुवै घटनामा विभिन्न तहका अनुसन्धान र चार–चारवटा राष्ट्रसंघीय निकायका प्रतिवेदन आए पनि जनताले यथार्थ थाहा नपाएको भन्दै असन्तोष व्यक्त गरे। साथै, यादवले २०६४ सालको गौर घटनामा आफू वा आफ्ना कार्यकर्ताहरूको कुनै संलग्नता नभएको दाबी गर्दै, “गौरको घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि उनको दाबी छ । ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसेकेका थिए । उनीहरू हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन’, उनले भनेका छन्, ‘तर बिसौं हजार जनता गाउँका थिए ।’