आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारलाई मेटाको जवाफ– ‘नेपालको संविधान मान्दिनँ’

सरकारलाई मेटाको जवाफ– ‘नेपालको संविधान मान्दिनँ’

119

३ भदौ, काठमाडौँ – संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारका आलोचक वा व्यवस्था विरोधीलाई थुनथान गर्ने उद्देश्यले ल्याइएको नभएको स्पष्ट पार्नुभएको छ।

आज राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्न र राष्ट्रहित विपरीत गतिविधिहरूलाई नियन्त्रण गर्नकै लागि विधेयक अघि सारिएको बताउनुभयो।

उहाँले फेसबुकको मातृ संस्था मेटालाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गरिए पनि बेवास्ता गरेको र नेपालको संविधान तथा कानूनलाई मान्ने तयारी नगरेको खुलासा गर्नुभयो। मन्त्री गुरुङले भने, “डिजिटल प्लेटफर्महरूको प्रभाव हाम्रो देशमा धेरै छ। हामीले तिनलाई दर्ता हुन तीन पटक भन्यौँ, तर अहिलेसम्म आएका छैनन्। सर्वोच्च अदालतले समेत तुरुन्त नियमन गर्न निर्देशन दिएको छ। त्यसैले बन्द गर्नेभन्दा पनि कसरी सञ्चालन गर्ने र प्रयोगलाई व्यवस्थित गर्ने भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो।”

उहाँले सामाजिक सञ्जाललाई सुरक्षित र उत्तरदायी प्रयोगमा ल्याउन विधेयक महत्त्वपूर्ण हुने दाबी गर्दै प्रतिपक्षलाई पनि यसलाई आलोचकको दृष्टिकोणबाट मात्र नहेर्न आग्रह गर्नुभयो।

मन्त्री गुरुङका अनुसार नेपालमा सञ्चालन हुने सबै डिजिटल प्लेटफर्म कानूनी दायरामा आउनैपर्ने भएकाले विधेयक त्यसको आधार स्तम्भ बन्नेछ।