आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जगरनाथपुर र जिराभवानी गाउँपालिकाद्वारा वीरगन्जको नारायणी अस्पताललाई ६ थान एसी सहयोग

जगरनाथपुर र जिराभवानी गाउँपालिकाद्वारा वीरगन्जको नारायणी अस्पताललाई ६ थान एसी सहयोग

111

वीरगन्ज, ३ भदौः पर्साको जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाले वीरगन्जस्थित नारायणी अस्पताललाई ६ थान वातानुकूलित (एसी) प्रदान गरेका छन्।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले ३/३ थान एसी अस्पतालमै पुगेर मेसु डा. चुमनलाल दासलाई मंगलबार हस्तान्तरण गरेका हुन्। उक्त जानकारी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले दिएका छन्।

यसअघि सोमबार अस्पतालको निरीक्षण गर्ने क्रममा मेडिकल वार्डमा केवल पंखा मात्रै रहेको र गर्मीका कारण बिरामीहरू समस्यामा परेको देखेपछि अध्यक्ष यादवले एसी जडान गर्ने प्रतिबद्धता जनाएका थिए। सो प्रतिबद्धताअनुरूप भोलिपल्टै मंगलबार ६ थान एसी उपलब्ध गराइएको हो।

यस्तै, जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पनि थप ३ वटा एसी दिने आश्वासन दिएका छन्। ती एसी १–२ दिनभित्र अस्पतालमा पुग्ने विकास समितिका अध्यक्ष गुप्ताले बताए।

हाल ४० शैयाको मेडिकल वार्डमा जडान गरिने एसीले उपचाररत बिरामीहरूलाई सहजता मिल्ने अस्पताल प्रशासनले विश्वास व्यक्त गरेको छ।