100
३ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि सबै सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारीधनीलाई आग्रह गरेको छ।
मंगलबार विभागले जारी गरेको सूचनामा भनिएको छ, “यही १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण प्रक्रियामा सहभागी हुने सबै सवारीसाधनले हाइ–सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।”
विभागले सवारीधनीलाई नजिकैको सम्बन्धित यातायात कार्यालयमा गएर समयमै इम्बोस्ड नम्बर प्लेट जडान गराउन आग्रह गरेको छ।
यसअघि गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।
