96
३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना हाल अमेरिका भ्रमणमा छिन्। उनका सचिवालयका अनुसार उनी साउन ३० गते व्यक्तिगत प्रयोजनका लागि अमेरिका प्रस्थान गरेकी हुन्। रानाको भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।
उपसभामुख राना अमेरिकामै रहँदा काठमाडौंमा भने उनको पदबारे राजनीतिक हलचल तीव्र बन्दै गएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउने उद्देश्यले हस्ताक्षर संकलन प्रक्रिया सुरु गरेका छन्।
संसद सचिवालय स्रोतका अनुसार रानाविरुद्धको यो पहललाई औपचारिक रूप दिन आवश्यक तयारी भइरहेको छ। विपक्षी दलहरूको सक्रियता बढेसँगै उपसभामुख पदमा उनको निरन्तरता अनिश्चित देखिएको छ।