99
भदौ २, दाङ
दाङमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका २० वर्षीय बालकृष्ण गिरीलाई पक्राउ गरिएको हो। गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी दर्ता भएपछि प्रहरी टोली खटिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएका गिरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जारी गरेको बुलेटिनमा घटनाबारे थप विवरण संकलन भइरहेको उल्लेख गरिएको छ।