आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

78

काठमाडौँ, साउन ३१ : कुख्यात अपराधी चक्रे मिलन भनेर परिचित मिलन गुरुङ १ लाख १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

गत भदौ १० गते मध्यपुर थिमि–२ स्थित दिव्यश्वरी प्लानिङको एक रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा चक्रे मिलन पक्राउ परेका थिए। यही साउन १५ गते जन्मदिन मनाइरहेका बेला काठमाडौँको महाराजगञ्जबाट उनी पक्राउ परेका थिए।

प्रहरीले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान गर्दै साउन २३ गते प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा बयान गराएको थियो।

बकपत्र र थुनछेक बहस सम्पन्न भएपछि शुक्रबार अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।