आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपालगञ्जमा लागुऔषध कारोबारी पक्राउ, गोली प्रहारबाट एक घाइते

नेपालगञ्जमा लागुऔषध कारोबारी पक्राउ, गोली प्रहारबाट एक घाइते

101

३० श्रावन नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ प्रक्रियामा भाग्न खोज्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा एक जनाको खुट्टामा चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार प्रारम्भमा दुई जनालाई पक्राउ गरिएको थियो। तर, त्यही बेला थप दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गर्दै भाग्ने प्रयास गरेपछि बाध्य भएर प्रहरीले दुई राउन्ड गोली चलाएको हो।

पक्राउ पर्नेमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइच रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्तिक कुमार रहेका छन्। गोली लागेका कार्तिक कुमारको दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घटनामा लागुऔषध कारोबारीले प्रहार गरेको इँटा लागेर एक जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।