आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home प्रदेश खबर भरत ताल निर्माणमा भ्रष्टाचार: बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

भरत ताल निर्माणमा भ्रष्टाचार: बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

91

बागमती, साउन २९ – विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भरत ताल निर्माणको क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना सजाय सुनाएको छ।

अदालतले थापा सहितका सह–प्रतिवादी विमलकुमार पोखरेल र सागर पौडेललाई पनि नदीजन्य पदार्थमा हानी–नोक्सानी पुर्‍याएको ठहर गर्दै समान सजाय तोकेको हो। ती तीनै जनालाई जनही ८ वर्ष कैद र १०–१० करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ।

यसबाहेक अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) अनुसार तीनै प्रतिवादीले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति रकम पीडित राहत कोषमा बुझाउनुपर्नेछ।

विशेष अदालतले गत साउन २१ गते दोषी ठहर गर्दै सजाय तोकेको थियो। अदालतको भनाइमा, भरत ताल निर्माणको क्रममा सार्वजनिक स्रोतको दुरुपयोग र अनियमितता भएको स्पष्ट प्रमाणित भएको छ।