93
२९ श्रावन – तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य तीव्र गतिमा भइरहेको दाबी गरिए पनि समग्र भौतिक प्रगति ४२.७३ प्रतिशतमा मात्र पुगेको छ।
ललितपुरको खोकना प्रस्थान बिन्दु हुँदै बारा, निजगढसम्म ७०.७९ किलोमिटर लम्बाइको यो मार्ग नेपालकै पहिलो फास्ट ट्रयाक हो, जसको निर्माण कार्य नेपाली सेनाले गर्दैछ। २ खर्ब ११ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा सातवटा सुरुङ मार्ग बन्ने छन्, जस मध्ये हालसम्म चारवटाको ब्रेकथ्रु भइसकेको छ।
त्यस्तै, द्रुतमार्गमा बन्ने ८९ वटा पुलमध्ये हालसम्म पाँचवटा पुल मात्र निर्माण सम्पन्न भएको सेनाले जनाएको छ।
२०७४ सालमा सुरु भएको यो परियोजना २०८३ सालको चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, हालको प्रगति दरका आधारमा तोकिएको समयमै काम सम्पन्न हुनेमा प्रश्न उठ्न थालेको छ।