92
२९ श्रावन — सरकारले चालु आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषद्को बैठकले मोटा धानको प्रतिक्विन्टल मूल्य ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ निर्धारण गरेको हो।
यो मूल्य गत वर्षको तुलनामा बढेको हो। गत वर्ष मोटा धानको मूल्य ३ हजार ४१० रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ५८० रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो।
यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो। त्यसअनुसार, १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ६९ रुपैयाँ तोकिएको थियो।
त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका लागि भने १ प्रतिशत चिस्यानका हकमा प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले तौल घटाई, त्यसका आधारमा मूल्य निर्धारण गर्ने व्यवस्था गरिएको थियो।