आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्साको बहुदरमाईमा आगलागी, घर–गोठ जलेर नष्ट

पर्साको बहुदरमाईमा आगलागी, घर–गोठ जलेर नष्ट

94

पर्सा, साउन २८ — पर्साको बहुदरमाई नगरपालिका–२ मा बुधबार बिहान भएको आगलागीबाट एक स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय राजु रामको फुसको घर र त्यससँगै रहेको गोठमा बिहान करिब सवा ५ बजे आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार भैंसीका लागि खोले पकाउन चुल्होमा बालिएको आगोबाट आगलागी सुरु भएको खुलेको छ।

आगलागीबाट घरभित्रका लत्ताकपडा, भाँडावर्तन, अन्नपात पूर्ण रूपमा जलेका छन् भने गोठभित्र रहेका पाडा र बाख्रा समेत जलेर मृत भएको प्रहरीको भनाइ छ।

आगो निभाउने क्रममा घरधनी राजु राम घाइते भएका छन्। उनको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको छ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ।