आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पोखरिया नगरपालिकामा ठगीका पीडित युवाहरूको भेला – पाँच बुँदे निर्णय सार्वजनिक

पोखरिया नगरपालिकामा ठगीका पीडित युवाहरूको भेला – पाँच बुँदे निर्णय सार्वजनिक

122

पोखरिया नगरपालिकामा ठगीका पीडित युवाहरूको भेला – पाँच बुँदे निर्णय सार्वजनिक

११ श्रावन, वीरगंज । पोखरिया नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीद्वारा संस्थागत रूपमा ठगी, श्रमशोषण र नगद असुलीका शिकार बनेका बेरोजगार युवाहरूले न्यायको माग गर्दै  हिजो(साउन १० गते, शनिबार) पोखरियाको शिव मन्दिरमा भेला भएका छन्। भेलाले पीडितहरूको अधिकार सुनिश्चित गर्न पाँच बुँदे निर्णय पारित गरेको छ।

भेलामा पारित निर्णयहरू यस प्रकार छन्:
१. नियुक्तिपत्र दिने क्रममा कर्मचारीहरूबाट लिइएको रकम तत्काल फिर्ता गर्नुपर्ने।
२. काम गरेका कर्मचारीहरूलाई बक्यौता तलब र भत्ता उपलब्ध गराउनुपर्ने।
३. आउने दिनमा विधिसम्मत प्रक्रिया पूरा गरी बेरोजगार युवाहरूलाई रोजगारीको अवसर दिनुपर्ने।
४. हाल बढाइएको सम्पत्ति कर तत्काल फिर्ता लिनुपर्ने।
५. साउन १५ गते बिहीबार दिउँसो १ बजे नगर प्रमुखलाई ज्ञापन-पत्र बुझाइने।

नेता नेजामुदीन समानीको अगुवाईमा पीडित युवाहरूले चेतावनी दिदै भने यदी माग पूरा नभएमा चरणबद्ध आन्दोलन हुने बताएका छन्।