133
सर्लाहीमा तस्करीविरुद्ध छापा, अवैध कपडा र चुरोट बरामद
सर्लाही, ९ श्रावन – सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले गएराति सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मा छापा मारेर ठूलो परिमाणमा अवैध कपडा र चुरोट बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार टोलीले एक तस्करको पशुपालन फर्ममा छापा मार्दा विभिन्न ब्रान्डका कपडा र चुरोटको ठूलो मात्रा फेला पारेको हो। बरामद सामानको विवरण र मूल्यांकन अहिले भइरहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र बरामद गरिएको अवैध सामान आवश्यक कानुनी कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।