आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा मालवाहक सवारीसाधनबाट अवैध असुली

वीरगञ्जमा मालवाहक सवारीसाधनबाट अवैध असुली

109

वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाभित्र अवैध ढाटमार्फत भारतीय मालवाहक सवारीसाधनहरूसँग जबरजस्ती रकम असुली भइरहेको खुलासा भएको छ। विशेषगरी ड्राइपोर्ट क्षेत्रस्थित एकीकृत जाँच चौकी आइसीपी हुँदै भित्रिने गाडीहरूबाट ठेकेदार दीपकुमार वर्माले सञ्चालन गरेको समूहले गैरकानुनी रूपमा रकम उठाउँदै आएको पाइएको छ। वीरगञ्ज महानगरपालिकाभित्र जडीबुटी, कवाडी, र जीवजन्तुको कर सङ्कलनको ठेक्का पाएका ठेकेदार दीपकुमार वर्मामाथि तोकिएको रकमभन्दा बढी र गैरकानुनी रूपमा असुली गरेको आरोप लागेको छ । स्थानीय चालकहरूका अनुसार रसिदमा दुई सय रुपैयाँ उल्लेख भए पनि प्रतिगाडी दुई सय भारतीय रुपैयाँ असुल्ने गरिएको छ। खाली गाडीहरूमाथि समेत धम्क्याएर रकम असुली भइरहेको छ। विरोध गर्ने चालकहरूलाई हातपात र धम्की दिने गरिएको गुनासो छ। यस अवैध अभ्यासले वीरगञ्जको व्यापारिक छवि, भन्सार प्रणालीमाथिको जनविश्वास, र नेपाल–भारत व्यापार सम्बन्धमा गम्भीर असर पारेको सरोकारवालाहरूले बताएका छन्। स्थानीय व्यवसायी, चालक तथा नागरिकहरूले यस्ता गैरकानुनी ढाटविरुद्ध तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।