४ श्रावन, उत्सव खबर : मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले झालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको पुष्टि गरे ‘काठमाडौं जिल्ला अदालतको अनुमतिपछि हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,’ एसपी बोहराले बताए । काठमाडौंका प्रहरीका अनुसार, पीडितको जाहेरीका आधारमा अदालतले गत चैत २५ गते नै झाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएदेखि नै प्रहरीले उनको चारैतिर खोजी गरिरहेको थियो। प्रहरीका अनुसार, झाविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरीका आधारमा अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।
139