वीरगञ्ज, २९ असार – वीरगञ्जस्थित नारायणी अस्पतालमा स्तन क्यान्सरको जाँच ९म्यामोग्राफी० र निसन्तान दम्पतीका लागि बाँझोपनको उपचार ९आईयूआई० सेवा सुरु गरिएको छ। आइतबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सेवाको उद्घाटन गरेका हुन्। अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार, मधेस प्रदेशमा सरकारी स्तरबाट यी सेवा सुरु गरिएको पहिलोपटक हो। मेसु डा. चुमनलाल दासले यसले निसन्तान दम्पतीलाई राहत दिने अपेक्षा गर्दै अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्क्रिनिङ तथा केमोथेरापी सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको जानकारी दिए। मन्त्री पौडेलले नारायणी अस्पतालको सेवा गुणस्तर बढाइ अबको एक वर्षभित्र नमूना अस्पताल बनाउने लक्ष्य लिइएको बताए। उनले चाँडै मुटु शल्यक्रिया सेवा सुरु हुने जानकारीसमेत दिए। कार्यक्रममा सहभागी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निर्देशन दिदैं मन्त्री पौडेलले भने,‘ डाक्टरहरुले बिहान १० देखि साँझ ५ बजेसम्म अस्पतालमा ड्युटी गर्नैपर्छ ।त्यसमा कुनै सम्झौता हुदैन ।’अस्पताललाई कर्र्मचारी भर्तीको केन्द्र नबनाउनपनि पनि उनले निर्देशन दिए । कार्यक्रममा अस्पतालका मेसु दासले ५०० शैयाको अस्पताल भवनको मुद्दा सर्वोच्च अदालतबाट टुंगो लागिसकेको र भवन निर्माणका लागि बजेट पनि विनियोजन भइसकेकाले छिट्टै शिलान्यासका लागि मन्त्री पौडेलको ध्यानाकर्षण गराए । कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, राजनीतिक दलका प्रतिनिधि र अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।