आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News काठमाडौँ महानगरपालिका–३०, ज्ञानेश्वरबाट कोकिनसहित ५ जना पक्राउ

काठमाडौँ महानगरपालिका–३०, ज्ञानेश्वरबाट कोकिनसहित ५ जना पक्राउ

127

राजु साह वीरगंज
उत्सव खबर

काठमाडौँ, असार २२
काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरबाट प्रहरीले कोकिनसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठका २९ वर्षीय दिनेश चालिसे, नवलपरासीका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट, सिन्धुपाल्चोककी २४ वर्षीया आयुषा श्रेष्ठ, सप्तरीका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारी छन्। प्रहरीले ६५।९३ ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद गरेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले दिए। उनीहरूलाई ज्ञानेश्वरस्थित भगवती इन होटलको तेस्रो तलाबाट आइतबार पक्राउ गरिएको हो। हाल आरोपीहरूविरुद्ध १० दिनको म्याद लिई प्रहरी वृत्त मालिगाउँबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।