आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News श्रीताराचन्द किसनलाल विद्यालयमा गरिब जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय सामग्री वितरण

श्रीताराचन्द किसनलाल विद्यालयमा गरिब जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय सामग्री वितरण

164

राजु साह
उत्सव खबर वीरगंज
असार २२, वीरगंज — बिरगंज महानगरपालिका वडा नं. २ अन्तर्गत रहेको श्रीताराचन्द किसनलाल विद्यालयमा आज एक विशेष कार्यक्रमको आयोजना गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष महमद रेयाज मिया स्वयं उपस्थित भई विद्यार्थीहरूलाई स्कुल ब्याग हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष रेयाज मियाले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप स्कुल ब्याग, कापी, कलम, र खेलकुदका सामग्रीहरू समेत वितरण गर्नुभएको छ। उहाँले भन्नुभयो, म स्वयं यही विद्यालयको पूर्व विद्यार्थी भएकाले यो संस्थाप्रति मेरो विशेष लगाव छ। अहिलेसम्म जति सकिन्छ सहयोग गर्दै आएको छु र आगामी दिनहरूमा पनि निरन्तर साथ रहनेछु। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वडा अध्यक्षलाई गम्छा ओढाएर स्वागत गरे। कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, अपिर महमद अंसारी, विद्यालयका शिक्षक(शिक्षिकाहरू, सामुदायिक प्रहरी, स्थानीय अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिले यस प्रकारको सहयोगले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने र पढाइप्रति अझ उत्साह बढाउने विश्वास व्यक्त गरेको छ।