आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राष्ट्र ऋण उठाउने विधेयक २०८२ राष्ट्रिय सभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक २०८२ राष्ट्रिय सभाबाट पारित

142

राजु साह, उत्सव खबर

२० असार, काठमाडौं – राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पेस गरिएको विधेयक बहुमतले पारित गर्दै प्रतिनिधि सभामा फिर्ता पठाइएको हो। अर्थमन्त्री पौडेलले बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्ताव सभाबाट बिना संशोधन सर्वसम्मत रूपमा पारित गरिएको हो। यस विधेयकले सरकारले राष्ट्रको विकास, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, तथा अन्य सार्वजनिक खर्चका लागि आन्तरिक र बाह्य स्रोतबाट ऋण लिन सक्ने कानुनी आधार बनाउने उद्देश्य राखेको छ। विधेयक पारितसँगै सरकारले सार्वजनिक ऋण व्यवस्थापनमा थप स्पष्टता ल्याउने, ऋण सीमा तोक्ने, र वित्तीय अनुशासन सुनिश्चित गर्ने प्रक्रियालाई संस्थागत बनाउने अपेक्षा गरिएको छ। अब यो विधेयक पुनः प्रतिनिधि सभामा पठाइनेछ, जहाँ यसले अन्तिम रूप पाउनेछ।