आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एसईई मा चार जीपीए ल्याउने छात्राहरुलाई बुटवल-१२ को नयाँगाउँ माविद्वारा ५१ हजार रुपैयाँसहित सम्मान

एसईई मा चार जीपीए ल्याउने छात्राहरुलाई बुटवल-१२ को नयाँगाउँ माविद्वारा ५१ हजार रुपैयाँसहित सम्मान

117

बुटवल, असार १५  उत्सव खबर— बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गर्ने छात्राहरुलाई जनही ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै भव्य सम्मान कार्यक्रम आयोजना गरेको छ। विद्यालयमा अध्ययरत सम्झना घिमिरे, समिपा अधिकारीरविना अधिकारी ले एसईई परीक्षामा जिपिए ४.०० (पूर्ण ग्रेड) ल्याएपछि आइतबार विद्यालयले उनीहरुको सम्मानमा नगर परिक्रमा गराएको हो। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। छात्राहरुलाई अविरमाला लगाई स्कुलबाट सुरु भएको परिक्रमा नगरको विभिन्न मुख्य सडक हुँदै पुनः विद्यालयमै समापन गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले भने, “हाम्रो विद्यालयमा शिक्षाको गुणस्तर निरन्तर उकासिँदै गएको छ। यी छात्राहरुको मेहनत र परिवारको साथले आज विद्यालयको गौरव बढाएको छ। यिनको सफलतालाई प्रोत्साहनस्वरूप ५१–५१ हजार रुपैयाँ प्रदान गरेका हौं।” नगर परिक्रमा गर्ने क्रममा स्थानीयवासीले फूलमालासहित स्वागत गरेका थिए। सम्मानित छात्राहरुले आफूहरुको मेहनतको कदर भएको भन्दै विद्यालय र शिक्षकप्रति आभार व्यक्त गरे। यसैक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने, “नयाँगाउँ माविमा अब गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट विद्यार्थी उत्पादन गर्न अझ सशक्त योजना ल्याइनेछ।” स्थानीय तह तथा शिक्षा क्षेत्रमा यो सम्मान कार्यक्रम प्रेरणादायी कदमका रूपमा हेरिएको छ।