आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विद्युतीय शवदाह उपकरण खरिदमा १० करोड बढी भ्रष्टाचार, पशुपति कोषका सदस्य–सचिवसहित १३ जनाविरुद्ध मुद्दा

विद्युतीय शवदाह उपकरण खरिदमा १० करोड बढी भ्रष्टाचार, पशुपति कोषका सदस्य–सचिवसहित १३ जनाविरुद्ध मुद्दा

126

काठमाडौं, असार ८, उत्सव खबर — विद्युतीय शवदाह उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापासहित १३ जना र एक संस्थाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार, १० करोड ३३ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार योजनाबद्ध रूपमा ठेकेदार र परामर्शदाता छनोट गरेर गरिएको हो।  तीन कम्पनीबाट दररेट माग गरेको देखाएर एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सीमार्फत फर्जी कोटेसन तयार गरिएको, लागत अनुमान समेत आफूअनुकूल कम्पनीलाई दिन मिल्ने गरी बनाइएको, र परामर्शदातालाई विलबिजक नआउँदै भुक्तानी दिइएको अनुसन्धानमा खुलासा भएको छ। लागत अनुमान पनि आफूअनुकूल कम्पनीलाई दिन सकिने गरी तयार पारिएको र परामर्शदातालाई विलबिजक जारीपूर्व नै भुक्तानी दिएको आरोप लगाइएको छ । अख्तियारले सदस्य(सचिव थापाबाहेक तत्कालीन निमित्त सदस्य(सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा र उपनिर्देशक रेवतिरमण अधिकारी विरुद्ध पनि मुद्धा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषकै देवपतन काठमाडौंका इन्जिनियर रमेश पुरी, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेण्ट कम्पनीका प्रवन्ध निर्देशक सुरज चापागाइँलाई पनि प्रतिवादी बनाइको छ । सबै आरोपीसँग १० करोड ३३ लाख ९१ हजार बिगो मागदाबी गरिएको छ ।