163
उत्सव खबर, असार २ — इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स ९आईआरजीसी०को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमी इजरायली आक्रमणमा मारिएका छन्। उनीसँगै उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरीको पनि मृत्यु भएको इरानी सरकारी टिभी र आईआरजीसी निकट तस्निम समाचार एजेन्सीले पुष्टि गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा, ूहामीले इरानका गुप्तचर प्रमुख र उपप्रमुखलाई मारेका छौं,ू भनेर स्वीकारेका थिए।
यो आक्रमण इजरायल र इरानबीच बढ्दो तनावको संकेतका रूपमा हेरिएको छ।