आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News परराष्ट्रमन्त्री आरजु राणा देउवा र सांसद अमरेशकुमार सिंहबीचको गाली बेइज्जती मुद्दामा अदालतले अडियो–भिडियो माग्यो

परराष्ट्रमन्त्री आरजु राणा देउवा र सांसद अमरेशकुमार सिंहबीचको गाली बेइज्जती मुद्दामा अदालतले अडियो–भिडियो माग्यो

153

उत्सव खबर

असार २, काठमाडौं । जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई गाली बेइज्जती गरिएको आरोपसम्बन्धी मुद्दामा अडियो–भिडियो प्रमाण माग गरेको छ। सांसद डा. अमरेशकुमार सिंहले आफूलाई सार्वजनिक रूपमै गाली गर्दै बेइज्जती गरेको आरोप लगाउँदै आरजुले गत फागुन १५ गते अदालतमा मुद्दा दायर गरेकी थिइन्।

यसअघि अदालतले डा. सिंहलाई आरोपसम्बन्धी अडियो र भिडियो प्रमाणबारे स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। उनले आफ्नो पक्षमा स्पष्टिकरण पेश गरेपछि सोमबार जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले थप छानबिनका लागि गाली बेइज्जती सम्बन्धी अडियो–भिडियो सामग्री बुझाउन आदेश दिएको हो। अब अदालतले प्राप्त अडियो–भिडियो प्रमाणको परीक्षण गरी सोही आधारमा मुद्दाको टुंगो लगाउने तयारी गरेको छ।  संसदका दुईजना सांसदबीचको यस विवादले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।