आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कर्णाली प्रदेशको बजेट मध्यराति सार्वजनिक, ३२ अर्ब ९९ करोड विनियोजन

कर्णाली प्रदेशको बजेट मध्यराति सार्वजनिक, ३२ अर्ब ९९ करोड विनियोजन

145

उत्सव खबर, असार २ — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो करिब ५ प्रतिशतले बढी हो।

आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच सहमति नजुट्दा पनि कानुनी बाध्यताअनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने भएकाले राति १२ बजेतिर बजेट सार्वजनिक गरिएको हो।

बजेट विनियोजनअनुसार, पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ छुट्याइएको छ।

दलहरूबीचको राजनीतिक खिचातानी र प्रमुख प्रतिपक्षीद्वारा बजेट बहिष्कारको चेतावनीका कारण बजेट प्रस्तुत हुने–नहुने विषयमा दिनभर अन्योल थियो। तर अन्ततः सरकारले समयमै बजेट प्रस्तुत गरेको हो।