वीरगञ्ज, ०१ असार।
जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको भीड अत्यधिक भएको छ। नयाँ परिचयपत्र बनाउने र पुराना विवरण अद्यावधिक गराउने सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहमा असर परेको जनाइएको छ।
वीरगंज महानगरबासी सम्पूर्णको वीरगंज महानगरकामा बन्दै आईरहेको राट्रिष्य परिचयपत्र आज असारको पहिलो दिनको सुरुवातसँगै सयौं नागरिक राट्रिष्य परिचयपत्र बनाउनको लागि कार्यालयमा उपस्थित भइरहेका छन्। कार्यालयमा घण्टौ लाईनमा बस्नु परेको बाध्यता , इन्टरने अवरुद्ध भईरहने, बिद्युत आपूर्ति निरन्तर नरहने हुँदा सेवाग्राहीलाई लामो समय लाइन लागेर सेवा लिन पर्खनु परेको सेवाग्राही गुनासो गरेका छन्। कतिपयले बिहानैदेखि लाइनमा बसेर पनि पालो नपाएको गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले चाप धेरै भएका कारण काममा केही ढिलाइ भएको भन्दै सेवा प्रभावकारी बनाउन थप पहल भईरहेको बताएका छन। राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउँदै लगिएकाले नागरिकको चाप स्वाभाविक रहेको प्रशासनको भनाइ छ। यद्यपि, सेवा सहज बनाउनका लागि पूर्वसूचना, समय तालिका तथा अनलाइन प्रणालीमा सुधारको माग सेवाग्राहीहरूले गरिरहेका छन्।