126
कलैया, ०१ असार। उत्सव खबर,
रौतहट जिल्लाको गरुडा नगरपालिकामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गरुडा नगरपालिका–१ जयनगर निवासी ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको हो।
घटनाबारे जानकारी दिँदै प्रहरीले बताएअनुसार बिहान घर बाहिर काम गरिरहेका बेला अचानक परेको चट्याङले वनियालाई समातेको थियो। गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरेर अस्पताल लैजाने प्रयास गरे । प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच, प्रहरी र स्थानीय प्रशासनले चट्याङबाट सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेका छन्।