आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २७ वर्षपछि आईसीसी उपाधि जित्दै दक्षिण अफ्रिकाको ऐतिहासिक सफलता, अष्ट्रेलियालाई ५ विकेटले हराउँदै पहिलो पटक विश्व टेस्ट च्याम्पियन

२७ वर्षपछि आईसीसी उपाधि जित्दै दक्षिण अफ्रिकाको ऐतिहासिक सफलता, अष्ट्रेलियालाई ५ विकेटले हराउँदै पहिलो पटक विश्व टेस्ट च्याम्पियन

146

जेठ ३१ ,२०८२
उत्सव खबर: दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियामाथि सानदार जित निकाल्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप (WTC)को उपाधि जितेको छ।
शनिबार लन्डनको प्रतिष्ठित लर्ड्स मैदानमा सम्पन्न फाइनल खेलको चौथो दिन, दक्षिण अफ्रिकाले २८२ रनको कठिन लक्ष्य ५ विकेटको क्षतिमा पूरा गर्दै इतिहास रच्न सफल भएको हो। यो जितसँगै दक्षिण अफ्रिकाले २७ वर्षपछि कुनै आईसीसी प्रतियोगितामा उपाधि जित्ने उपलब्धि हासिल गरेको छ। यसअघि टोलीले सन् १९९८ मा भएको आईसीसी च्याम्पियन्स ट्रफी ९त्यतिबेला मिनी वर्ल्ड कप० जितेको थियो। दक्षिण अफ्रिकाका लागि खेलको नायक बने एडेन मार्करम, जसले महत्वपूर्ण अवस्थामा संयमित ब्याटिङ गर्दै उत्कृष्ट शतक (१०३ रन) बनाए। कप्तान टेम्बा बाभुमाले पनि ४९ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ, अष्ट्रेलियाको दोस्रो इनिङ सीमित रनमा समेट्न दक्षिण अफ्रिकाका तीव्र बलरहरू केगिसो रबाडा र एनरिच नॉर्कियाले घातक प्रदर्शन गरे। खेलपछि बोल्दै कप्तान बाभुमा भावुक देखिए। उनले भने, “यो उपाधि केवल टिमका लागि मात्र होइन, सम्पूर्ण दक्षिण अफ्रिकी क्रिकेटप्रेमीहरूको लागि समर्पित छ। २७ वर्षको लामो पर्खाइ अन्त्य भएको छ।” क्रिकेट विश्लेषकहरूका अनुसार, दक्षिण अफ्रिकाको यो जितले टिमलाई अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनः एक शक्तिशाली दावेदारको रूपमा प्रस्तुत गरेको छ।