आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्साको विश्रामपुरमा सशस्त्र प्रहरीद्वारा अवैध इलेक्ट्रोनिक सामग्री बरामद

पर्साको विश्रामपुरमा सशस्त्र प्रहरीद्वारा अवैध इलेक्ट्रोनिक सामग्री बरामद

154

जेठ ३१, २०८२, वीरगञ्ज, पर्सा –
पर्सा जिल्लाको विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइट नजिकै भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएका विभिन्न इलेक्ट्रोनिक सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं। १२ गण मुख्यालय बाराले प्राप्त सूचनाका आधारमा खटिएको टोलीले ब्ष्चएयमक एचय, टेम्पर ग्लास र अन्य विभिन्न इलेक्ट्रोनिक सामानहरू फेला पारेको हो। बरामद गरिएका सामानहरूको अनुमानित बजार मूल्य करिब ३९ लाख १२ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्राप्त सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको बताइएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न नियमित गस्ती, निगरानी र सूचनाका आधारमा छापामार कारबाहीलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै अवैध कारोबार नियन्त्रणमा कडाइका साथ निगरानी राखिरहेको समेत जानकारी दिएको छ।