140
उत्सव खबर
असाढ ३१, २०८२ वीरगंज
अत्यधिक गर्मी बढे संगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकोले वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि असाढ १ देखि असाढ ६ गते शुक्रवार सम्म ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना प्रकाशित गरी जानकारी गराएको छ । महानगरले आज एक सूचना जारी गर्दै विद्यालय बन्द भएको जानकारी दिएको हो । यसअघि जेठ २९ र जेठ ३० गते दुई दिनका लागि विद्यालय बन्द भएको थियो.