आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू २ दिनका लागि बन्द

वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू २ दिनका लागि बन्द

123

उत्सव खबर
जेठ २८, २०८२ वीरगंज

अत्यधिक गर्मी बढे संगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकोले वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि जेठ २९ र जेठ ३० गते दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको सूचना प्रकाशित गरी जानकारी जानकारी गराएको छ । महानगरले आज एक सूचना जारी गर्दै विद्यालय बन्द भएको जानकारी दिएको हो । पर्सामा अहिले ४१ डिग्री सेल्सियस तापक्रम रहेको मापन गरीएको छ।