155
उत्सव खबर वीरगंज
जेठ २८, २०८२
लन्डनको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा आजदेखि २०२५ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल सुरू भएको छ। यो महत्वपूर्ण भिडन्तमा अस्ट्रेलिया र दक्षिण अफ्रिका आमनेसामने भएका छन्।
दक्षिण अफ्रिकाका कप्तान टेम्बा बावुमाले टस जितेर अस्ट्रेलियालाई ब्याटिङका लागि निम्तो दिएका छन्। अस्ट्रेलियाले पहिलो इनिङमा क्यामेरुन ग्रीन र जोश हाजलवुडलाई चोटपटकबाट फर्काएर टोलीमा समावेश गरेको छ। यसैगरी, दक्षिण अफ्रिकाले मार्को जानसेन र केशव महाराजलाई आफ्नो बलिङ आक्रमणमा समावेश गरेको छ।
अस्ट्रेलिया गत संस्करणको च्याम्पियन भएकोले यस पटक पनि उपाधि बचाउने लक्ष्यमा छ भने दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो र आफ्नो पहिलो ध्त्ऋ उपाधि जित्ने आशामा छ। यो खेल १५ जुनसम्म पाँच दिनसम्म चल्नेछ।