152
उत्सव खबर वीरगंज
जेठ २८ ,२०८२ – आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले कर विवरण नबुझाउने करदातामाथि कडाइ गर्दै करिब २,२०० मूल्य अभिवृद्धि करदातालाई निलम्बन गरेको छ।
कार्यालयका प्रमुख पूर्णप्रसाद न्यौपानेले जानकारी दिए अनुसार, निलम्बनमा परेका करदाताहरूले तोकिएको समयसीमाभित्र वार्षिक विवरण नबुझाएका कारण उनीहरूलाई कारबाहीस्वरूप निलम्बन गरिएको हो।
उनले भने, “विगत केही समयदेखि पटक–पटक ताकेता गर्दा पनि कर विवरण नदिएका करदातामाथि नियमअनुसार कारबाही थालिएको हो।” कार्यालयले करदाताहरूलाई समयमै विवरण बुझाउन पुनः आग्रह गर्दै आवश्यक परेको खण्डमा थप कानुनी कारबाही अघि बढाइने जनाएको छ।
यस निर्णयलाई कर प्रशासनले कर प्रणालीमा पारदर्शिता र जवाफदेहिताका लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ।