आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंजमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु ,तीनजना घाईते

वीरगंजमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु ,तीनजना घाईते

113

जेठ २५ वीरगञ्ज ,  पर्सा ।

वीरगंज महानगरपालिका–१४ पिपरा चौक नजिकै दिउँसो भएको कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। रेनुका पेट्रोल पम्प नजिक दिउँसो करिब ३ बजेर १५ मिनेटको करीबमा गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको थियो। प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोकिन पुगेको थियो। दुर्घटनामा परेका चारै जनालाई तत्काल बारास्थित एलएस न्युरो अस्पतालमा लगिएको थियो। तर, टाउको, मुख र कानमा गम्भीर चोट लागेका करिब ३० वर्षीय बिटु सर्राफलाई अस्पतालले दिउँसो ३ः५० बजे मृत घोषित गरेको हो। अन्य तीन घाइतेको अवस्था पनि गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरीरहेको जनाएको छ।